काठमाडौं- सेञ्चुरी क्यापिटल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा असोज २४ गते, आइतबार आह्वान गरेको छ ।
सभा कम्पनीको आर्यतारा भवन, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ६.२५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
प्रतिक्रिया