काठमाडौं - लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साधारण सभा बोलाएको छ ।
कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गराउन असोज २४ गते १३ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्ने छ । सभाले शेयरधनीहरुलाई ४ करोड ५ लाख बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, प्रचलित कानून बमोजिम सञ्चालक सदस्यको नियुक्ति गर्ने रहेको छ
प्रतिक्रिया