काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खाता मार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ ।
उक्त खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ ।
प्रतिक्रिया