ङादी ग्रुप पावरको साधारण सभा रोक्न सेयरधनीको प्रशासनमा निवेदन

४ बर्ष अगाडि

काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडका सेयरधनी हरिभक्त लामिछानेले कम्पनीको साधारण सभा स्थगित गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

मुलुक कोभिड-१९ को माहामारीबाट आकान्त बनिरहेको अवस्थामा कम्पनीले असोज ३ गते, क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा सेयरधनीहरूको भौतिक उपस्थितिमा साधारण सभा गर्न लागेको हुनाले सभा स्थगित गर्न आग्रह गरिएको निवेदनमा उल्लेख छ ।

कम्पनीले बोनस तथा हकप्रद सेयर प्रस्तवसहित असोज ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांश दिने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । 

साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँ पुग्नेछ । सोही पुँजीमा २०० प्रतिशत हकप्रद प्रस्ताव गरिएको हो । 
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया