काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले २० औँ बार्षिक साधारण सभा असोज २३ गते चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो ।
कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।
साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रतिक्रिया