काठमाडौं - नेप्सेमा सूचीकृत ३९ कम्पनीमध्ये शुक्रबारसम्म गत आव २०७७/७८ बाट ७ जलविद्युत कम्पनीले लाभांश प्रस्ताव गरेका छन् ।
जसमा ङादी ग्रुप पावर, अरुण काबेली पावर, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, सनर्जी पावर, रुरु जलविद्युत परियोजना र सानिमा माइ हाइड्रोपावर रहेका छन् ।
ङादी ग्रुप पावर
ङादी ग्रुप पावरको सबैभन्दा धेरै २० प्रतिशत बोनस सहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अरुण काबेली पावर
अरुण काबेली पावरले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अपि पावर
अपि पावरले ११.०५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
अरुण भ्याली हाइड्रोपावर
अरुण भ्याली हाइड्रोपावरले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सनर्जी पावर
सनर्जी पावरले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
रुरु जलविद्युत परियोजना
रुरु जलविद्युत परियोजनाले अघिल्लो आव २०७६/७७ बाट १०.५३ प्रतिशत नगद तथा आव २०७७/७८ बाट १० प्रतिशत बोनस सहित १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सानिमा माइ हाइड्रोपावर
यस्तै सानिमा माइ हाइड्रोपावरले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रतिक्रिया