काठमाडौं- वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरूका परिवारजनहरुका लागि कामना सेवा विकास बैंक लिमिटेडले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैंकिङ्गको सुविधा रहेको छ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाइनेछ । यो खाता अनलाईन माध्यमबाट पनि खोल्न सकिनेछ ।
प्रतिक्रिया