गणपति लघुवित्तका थप तीन नयाँ शाखा सञ्चालनमा

४ बर्ष अगाडि

काठमाडौं, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

संस्थाले प्रदेश नं.०१ को मोरङ्ग जिल्लाको बुढीगंगामा, प्रदेश नं. २ को सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा ३ वटा नयाँ शाखा कार्यालयहरु आज असोज १ गतेबाट सञ्चालनमा ल्याएको हो । 

थपिएको शाखासँगै संस्थाको शाखा संख्या ४३ पुगेको छ । २२ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको यस संस्थाले ग्रामिण क्षेत्रका २९ हजार ७ सय ४३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया