काठमाडौं,मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारण सभा आज (असोज १ गते) बस्दैछ । सभा होटल क्राउन इम्पेरियल, रविभवन काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । सभामा मुक्तिनाथले चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रतिक्रिया