प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार बढि कित्ता  संस्थापक शेयर आजबाट बिक्रीमा आयो, कहिले सम्म दिन सकिन्छ आवेदन

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले ७० हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य ५०१ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया