नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले बोलायो साधार सभा, लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २२ गते बोलाएको हो । 

सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुने छ । साथै सहभागी शेयरधनिहरुलाई जुम आई पासवर्ड पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

सभाले हालको कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत कर सहित लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गरिने कम्पनीले जनाएको छ । 

यस्तै वर्तमान सञ्चालकहरू मध्ये सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गरिने छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया