काठमाडौं - नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् ।
फण्डहरुले असोज ११ गते बुक क्लोज गर्ने भएका हुन् । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् ।
नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया