मुद्दती खातामा सनराइज बैंकको सबैभन्दा बढी ब्याज, कुन बैंकको कति छ ?

४ बर्ष अगाडि

वाणिज्य बैंकहरूले असोज १ देखि लागू हुनेगरि बचतकर्तालाई दिने ब्याजदर बढाएका छन्। बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न ब्याजदर बढाएका हुन्।

त्यसमध्ये मुद्दती खातामा दोहोरो अङ्क अर्थात १० प्रतिशतसम्मको ब्याजदर घोषणा गरेका छन्। व्यक्तिगत मुद्दती सबैभन्दा धेरै ब्याजदर सनराइज बैंकको छ । जसले बचतकर्तालाई व्यक्तिगत र संस्थागत दुवै प्रकारको मुद्दतीमा १०.७ प्रतिशत ब्याज दिने जनाएको छ । 

त्यस्तै व्यक्तिगत मुद्दती बचतमा धेरै ब्याज दिनमध्ये दोस्रोमा सेन्चुरी र सिभिल बैंक छन् । दुवैले व्यक्तिगत मुद्दतीमा ९.२५ प्रतिशत व्याज दिएका छन् । सेन्चुरीको संस्थागत मुद्दतीमा पनि ९.२५ प्रतिशत नै छ भने सिभिलले ८.५५ मात्र दिएको छ । 

त्यस्तै एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा ९.०२ तथा एनसीसी बैंकले ९ प्रतिशत ब्याज दिएका छन् । संस्थागततर्फ एनएमबीको ९.५२ छ भने एनसीसीको ९.२६ प्रतिशत ब्याजदर छ । 

नेपाल बंगलादेश बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ८.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

माछापुछ्रे बैंक र प्रभु बैंकले दिने व्यक्तिगत मुद्दती निक्षेपको ब्याज समान अर्थात ८.२५ प्रतिशत छ । संस्थागतमा भने माछापुछ्रेले ८.७५ र प्रभु बैंकले ८.२५ प्रतिशत नै तोकेका छन् । 

मुद्दती निक्षेप अन्तर्गत व्यक्तिगत मुद्दतीमा हिमालयन बैंकले ८.५, राष्ट्रिय बाणिज्य बैंकले ८.०६ तथा एभरेष्ट बैंकले ८ प्रतिशत ब्याजदर कायम गरेका छन् । संस्थागत तर्फ चाहिँ वाणिज्यको ८.७५, एभरेष्टको ८.५०हिमालयनको ब्याजदर ८ प्रतिशत मात्रै छ । वाणिज्यले रेमिट्यान्स मुद्दतीमा ९.०६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

मुद्दती बचतकर्तालाई कम ब्याज दिनेमध्ये कृषि विकास बैंकको  ७.६० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको ७.५ प्रतिशत ब्याजदर छ।  संस्थागतमा भने दुवैको ७ प्रतिशत ब्याजदर रहेको सार्वजनिक गरेका छन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया