काठमाडौं - नबिल बैंकले दशैं अफरको घोषणा गरेको छ । दशैंको अवसरमा, नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गर्ने भएको छ ।
उक्त योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थपसहित) प्रदान गरिनेछ ।
बैंकले अहिले सम्म देशभरका १ सय ३५ वटा शाखा कार्यलय, १ सय ८५ एटिएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।
प्रतिक्रिया