काठमाडौं - विभिन्न तीन वटा बैंकले ब्याजदर सार्वजनिक गरेका छन् । सनराइज बैंक, एभरेष्ट बैंक र सेञ्चुरी बैंकले ब्याजदर आज सार्वजनिक गरेका हुन् ।
बैंकिङ्ग प्रणालीमा देखिएको तरलता अभावको कारण वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् ।बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ देखि लागू हुनेछ ।
सनराइज बैंक
सनराइज बैंकले साधारण बचतमा ५.०७ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दती निक्षेपमा भने बैंकले ५.०७ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म दिने जनाएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । घरकर्जा, अटो कर्जाको ब्याजदर १२.५० देखि १४.५० प्रतिशतसम्म तोकेको छ । सनराइज बैंकको बेस रेट साउन मसान्तसम्म ७.०१ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले साधारण निक्षेपमा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । बैंकले कर्जातर्फ ९ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याज लिने उल्लेख गरेको छ । जसको साउन मसान्तसम्मको आधारदर ५।८५ प्रतिशत छ ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले पनि साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । मुद्दती निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले कर्जामा आधारदरमा ४.५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम व्याज लिने जनाएको छ । बैंकको साउनसम्मको आधारदर ७.५५ प्रतिशत छ ।
प्रतिक्रिया