काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले भदौ २१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले मेरो माइक्रोफाइनान्सको ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
यस्तै मेरो माइक्रोफाइनान्सको मूल्य ५२९ रुपैयाँ रहेको छ । आरएमडीसी लघुवित्तको ५४१ रुपैयाँ र नागरिक लगानी कोष १२९४ रुपैयाँ रहेको छ ।
लगानीकर्ताले मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
आरएमडीसी लघुवित्तको सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी कोषको सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया