काठमाडौं, ङादी ग्रुप पावरले बोनस तथा हकप्रद सेयर प्रस्तवसहित असोज ३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँ पुग्नेछ । सोही पुँजीमा २०० प्रतिशत हकप्रद प्रस्ताव गरिएको हो ।
साधारण सभा क्विन्स क्याफे अनामनगर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गरिएको छ । भदौ १७ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् ।
प्रतिक्रिया