बेष्ट फाइनान्सको २४औं साधारण सभा सम्पन्न

४ बर्ष अगाडि

काठमाडौं, बेष्ट फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा भदौ ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअलमाध्यमबाट सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६–७७ को वित्तीय विवरण पारित गरेको छ । साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँ गगाभ्नेरगाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

साधारण सभाबाट संस्थापक सेयरधनीतर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाईं र सुधिर ज्ञवाली तथा सर्वसाधारण सेयरधनीतर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया