एक्सेल डेभलपमेन्ट बैंकको ५१ लख २२ हजार नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर र लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा र हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि अर्थात असोज १ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५१ लख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया