काठमाडौं - हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले असोज ७ गतेदेखि अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले यस अघि वितरण हुन नसकेको संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य १०० तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको संस्थापक तर्फको शेयर खरीदका लागि न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको शेयर खरीदका लागि न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया