काठमाडौं - ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले Jyoti Bot सेवा सुचारु गरेको छ ।
अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने ज्योतिलाईफले कम्पनीले जनाएको छ ।
च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ ।
साथै कम्पनीका विभिन्न सेवाहरुस बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाईन भुक्तानी, डाउनलोडहरु तथा अन्य सेवाहरु उपलब्ध छन् ।

प्रतिक्रिया