बैंक अफ काठमाण्डूका ग्राहकलाई डाइग्नोस्टिकमा १० प्रतिशतसम्मको छुट

५ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले एसआरएल डाइग्नोस्टिक (नेपाल) प्रालिमा सेवा लिएबापत १० प्रतिशत छुट पाउने भएका छन्।

डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा आफ्ना ग्राहकलाई १० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्बन्धमा बैंकले एसआरएल डाइग्नोस्टिकसँग सम्झौता गरेको हो। सम्झौतापश्चात बैंकका ग्राहकले एसआरएल डाइग्नोस्टिकले प्रदान गर्ने प्याथोलिजीसम्बन्धी स्वास्थ्य सेवाहरु उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत सम्म छुट पाउनेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया