ओरिएण्टल इन्स्योरेन्स कम्पनीले एकवर्षमा वीमितलाई ४८ करोड ६२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ को अन्त्यसम्म कम्पनीले वीमा बापत सो भुक्तानी गरेको हो।
ओरिएण्टलको दावी भुक्तानी अघिल्लो आर्थिक वर्षको भन्दा ३२ प्रतिशतले बढी हो । आर्थिकवर्ष २०७६/०७७ मा कम्पनीले ३६ करोड ६० लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो ।
मुनाफामा गिरावट सँगै कर्मचारीहरुले प्राप्त गर्ने बोनस रकममा पनि भारि गिरावटा आएको छ । कम्पनीले कर्मचारीहरुको बोनसका लागि तीन करोड ७५ लाख रुपैयाँ छुट्टाएको छ ।
ओरिएण्टलले सार्वजनिक गरेको गतवर्षको वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा भने ६० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ६६ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोकम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ मा जम्मा २६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।
यस अवधिमा कम्पनीले ३१ हजार ५८३ वटा पोलिसी बिक्री गरेको कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा भने उल्लेख बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा खुद बीमा शुल्क आर्जन २९.७५ प्रतिशतले बढाएर ८६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन पनि १६।८६ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
ओरिएण्टल भारतीय कम्पनीको शाखा कार्यालयको रुपमा नोपलमा वीमाको कारोबार गरिरहेको छ ।
प्रतिक्रिया