फोन पेमा मर्चेन्टको संख्या ५ लाख, दैनिक कारोबार कति ?

५ बर्ष अगाडि

काठमाडौं - फोन पे पेमेन्टमा मर्चेन्टको संख्या ५ लाख नाघेको छ । स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो । 

हाल फोन पेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोन पे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् । 

फोन पे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया