ओरियण्टल इन्स्योरेन्सको  नाफा ६० प्रतिशतले घट्यो, अन्य अवस्था के कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं,ओरियण्टल इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो आवमा रू. ६६ करोड ७४ लाख ७९ हजार नाफा गरेकोमा गत आवमा घटेर रू. २६ करोड ३० लाख ३७ हजारमा सीमित भएको छ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६० प्रतिशत घटेको हो । 

अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी ५३ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. ९१ करोड ६३ लाख ६२ हजार आम्दानी भएकोमा गत आवमा घटेर रू. ४२ करोड ५८ लाख ७४ हजारमा सीमित भएको हो । 

त्यसैगरी, कम्पनीको कुल बीमाशुल्क आर्जन अघिल्लो आवको तुलनामा गत आवमा १६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. १ अर्ब ३६ लाख ८३ हजार कुल बीमाशुल्क आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १ अर्ब १७ करोड २९ लाख ६१ हजार पुगेको हो । 

त्यसैगरी, कम्पनीले गत आवसम्ममा ३ हजार १३७ जनालाई रू. ६८ करोड ७८ लाख ३१ हजार दाबी भुक्तानी गरेको छ भने २ हजार १२२ जनालाई रू. ८४ करोड ११ लाख ५५ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ । 

त्यस्तै, कम्पनी अघिल्लो आवमा जगेडामा रू. ८२ लाख ४८ हजार सञ्चित गरेकोमा गत आवमा वृद्धि भएर रू. १३ करोड ९८ लाख ६६ हजार पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया