काठमाडौं- नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त ग वर्गका अधिकांश वित्तीय संस्था (फाइनान्स)ले आज असोज महिना १ गतेबाट लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
अधिकांश फाइनान्स कम्पनीको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशतमुनि र बचत निक्षेपको ब्याजदर भने ७ प्रतिशत तल रहेको छ। भदौमा पनि अधिकांश फाइनान्सको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशतमुनि नै रहेको थियो।
आईसीएफसी फाइनान्सले १ वर्षमाथिको व्यक्तिगत मुद्दति निक्षेपमा ८.५ प्रतिशत ब्याजदर र १ वर्षमुनिको हकमा ८ प्रतिशत तोकेको छ। विभिन्न बचत निक्षेपमा फाइनान्सले ४ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने तय गरेको छ ।
सेन्ट्रल फाइनान्सले पनि मुद्दति निक्षेपमा व्यक्तिगतको हकमा ८ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने भएको छ। संस्थागतको हकमा भने ८ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म ब्याज उपलब्ध गराइने फाइनान्सले जनाएको छ। विभिन्न बचत निक्षेपमा ५ देखि ६ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ।
मञ्जुश्री फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ। विभिन्न बचत निक्षेपमा ६ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ।
बेस्ट फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपअन्तर्गत समायावधिअनुसार ७.७५ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ। ९ प्रतिशत ब्याज भने ३ वर्षमाथिको मुद्दति निक्षेपका लागि मात्र उपलब्ध हुने फाइनान्सले जनाएको छ। अन्य बचत निक्षेपमा भने ५ प्रतिशतदेखि ६।२५ प्रतिशतसम्म ब्याज दिनेछ।
श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ८ प्रतिशतदेखि ९ प्रतिशतसम्म सीमित राखेको छ। ९ प्रतिशत ब्याज २ वर्षमाथिका मुद्दति निक्षेपलाई मात्र उपलब्ध हुनेछ। बचत निक्षेपमा भने श्री इन्भेस्टमेन्टले ४.५ प्रतिशतदेखि ६.५ प्रतिशत उपलब्ध गराउनेछ।
यसैगरी रिलायन्स फाइनान्सले व्यक्तिगत र कर्पोरेट मुद्दति निक्षेपमा ७.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने भएको छ। विभिन्न बचत निक्षेपमा ४.५ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याज उपलब्ध गराइने फाइनान्सले जनाएको छ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ३ महिनादेखि २ वर्षसम्मको अवधिका लागि ७.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ। ३ वर्षभन्दा माथिका मुद्दति निक्षेपमा भने फाइनान्सले ९ प्रतिशत ब्याज दिनेछ। विभिन्न बचत निक्षेपमा भने फाइनान्सले ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याज दिनेछ।
प्रतिक्रिया