काठमाडौं - नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आजबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असोज १३ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया