काठमाडौं - युनिलिभर नेपाल लिमिटेडको पुराना दुई आर्थिक वर्षको भुक्तानी हुन बाँकी लाभांश लिन सेयरधनीहरुलाई अनुरोध गरेको छ ।
आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्ये १८ लाख ९८ हजार ८६० रूपैयाँ र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांश मध्य ४७ लाख ४० हजार १२० रूपैयाँ गरी जम्मा ६६ लाख ३८ हजार ९८० रूपैयाँ बराबरको लाभांश वितरण हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।
पाँच वर्ष पुरानो लाभांश सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको हो ।
कम्पनीले बुधवार सूचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो ।
सो अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐन बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रतिक्रिया