हिमालयन बैंकले अध्यक्ष तुलसी गौतमलाई पदबाट हटाएको छ । बैंकको सञ्चालक समितिको बैठकले कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गरेका गौतमलाई अबैधानिक भन्दै हटाएको छ ।
हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ । गौतमले कोषको तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गरेका थिए ।
कर्मचारी संचय कोषको प्रमुख प्रशासक हुनका लागि संचयकर्ता हुनुपर्ने व्यवस्था भएपनि गौतम संचयकर्ता नभईकनै पदमा रहेको भन्दै उनलाई सरकारले हटाएको थियो । तर सरकारको निर्णयको विरोधमा अदालत गएका गौतमले सर्बोच्चबाट पद थमौती गरेका थिए ।
त्यसपछि कर्मचारी संचय कोषको सञ्चालक समितिले हिमालयन बैंकको सञ्चालक समितिको प्रतिनिधित्व गौतमले नगर्ने अबदेखि जिनेन्द्र धितालले गर्ने निर्णय गरी पत्र पठाएको थियो ।
सोही आधारमा नियम विपरित पदमा रहेको भन्दै हिमालयन बैंकको सञ्चालक समितिले पनि उनलाई अध्यक्षबाट हटाएको हो ।
गौतमको ठाउँमा धिताल हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष धिताल हुने छन् ।
प्रतिक्रिया