विकास बैंकहरुमा कर्जा प्रवाह उच्च : ७३ करोड संकलन हुँदा ३ अर्ब १४ करोड ऋण

५ बर्ष अगाडि

विकास बैंकहरुमा संकलन हुने निक्षेपभन्दा कर्जा प्रवाह उच्च देखिएको छ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार भदौ २५ गतेसम्म १५ विकास बैंकहरुले ४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा  
४ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

गएको भदौ १९ देखि २५ गतेसम्म एकसाताकै अवधिमा एक सातामै निक्षेप ७३ करोड १० लाख रुपैयाँले बढेको छ भने कर्जा लगानी ३ अर्ब १४ करोड ९० लाख रहेको छ। 

प्रतिशतका हिसावले एक सातामा  ०.१५ प्रतिशत निक्षेपबढ्दा ०.७३ प्रतिशतले कर्जा प्रवाह बढेको  डेभलपमेन्ट बैंकर्स एसोसियसनले जनाएको छ। 

यस तथ्यांकमा कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक तथा साल्पा विकास बैंकको तथ्यांक समावेश गरिएको छैन। 

एसोसिएसनका अनुसार राष्ट्रिय स्तरको विकास बैंकहरुमा ९८ करोड २० लाखले बढेको छ भने कर्जा लगानी २ अर्ब ८९ करोड १० लाखले बढेको छ। प्रतिशतको हिसाबले निक्षेप वृद्धि ०।२४ प्रतिशतले बढेर ४ खर्ब १७ अर्ब ३६ करोड १० लाख पुगेको छ भने कर्जा लगानी ०।७९ प्रतिशतले बढेर ३ खर्ब ६८ अर्ब ८० करोड पुगेको छ। 

त्यस्तै क्षेत्रीय स्तरको विकास बैंकहरुमा निक्षेप घटेको छ भने कर्जा लगानी २५ करोड ८० लाख रुपैयाँले बढेको छ। प्रतिशतका हिसाबले निक्षेप ०।३५ प्रतिशतले घटेर ७१ अर्ब ९१ करोड ९० लाखमा सिमित भएको छ भने कर्जा लगानी ०।३८ प्रतिशतले बढेर ६७ अर्ब ४३ करोड पुगेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया