३० लाख जरीवाना ठहर बैंकिङ कसूर मुद्दाका प्रतिवादी पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले  सोमवार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्कीलाई पक्राउ गरेको हो। 

उच्च अदालत पाटनले गत फागुन १८ गते कार्कीलाई बैंकिङ कसुरको मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय तोकेको थियो। अदालतको आदेशपछि अभियुक्त लुकिछिपी वस्दै आएका थिए ।

अभियुक्त कार्कीलाई आवश्यक कार्वाहीका लागि  काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया