काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा, ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।
एक्सेलले सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे वार्षिक साधारण सभा गर्नेछ । सभा प्रयोजनका लागि असोज १ देखि १६ गतेसम्म बुक क्लोज हुनेछ । बिहीबार भदौ ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित १२ प्रतिशत बोनस सेयर पाउन सक्नेछन् । यता, बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि पनि असोज १ गते नै बुक क्लोज हुने भएको छ ।
बिहीबार भदौ ३१ गतेसम्म कायम रहने सेयरधनीले बोनस र हकप्रद दुवै पाउने भएका छन् । एक्सेलले १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३।६७ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
प्रतिक्रिया