बेस्ट फाइनान्सको साधारण सभा  भदौ ३० गते, लगानीकर्ताको हात खाली !

५ बर्ष अगाडि

काठमाडौं-  बेस्ट फाइनान्सले बुधबार भदौ ३० गते वार्षिक साधारण सभा बोलाएको छ । यसअघि स्थगित सभा पुनः भदौ ३० मा बस्न लागेको हो । कम्पनीले यसअघि वैशाख ३१ गते साधारण सभा बोलाएको थियो । तर कोरोना भाइरसका कारण लक डाउन जारी भएकाले त्यसबेला सभा स्थगित गरिएको थियो । साधारण सभा कम्पनीको प्रधान  कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०६७/६८ यता लाभांश वितरण गर्न सकेको छैन । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । यसबाहेक आर्थिक वर्ष २०७६/७७ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बेस्टले भदौ ८ गते बुक क्लोज गरिसकेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया