बि.ओ.के क्यापिटलले असोज २० गते बोलायो साधारण सभा, लाभांश प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं, बि.ओ.के क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ  ।

सभा असोज २० गते कम्पनीको कार्यलय नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
कम्पनीको भदौ २४ गते, बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । 

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ 

५ बर्ष अगाडि

प्रतिक्रिया