नेपाल राष्ट्र बैंकले असोज चारबाट नयाँ नोट बाँड्ने

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकले आगामी असोज चार गतेदेखि नयाँ नोट सटही गर्ने भएको हो । 

नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय लगायतबाट बैंकहरूलाई उपलब्ध हुनेछ ।

बैंकहरूले आफ्ना ग्राहकका लागि सकेसम्म छुट्टै काउण्टरबाट नयाँ नोट वितरण गर्न दिन राष्ट्र बैंकले आग्रह गरेको केन्द्रीय बैंकले जनाएको छ । 

राष्ट्र बैंकले गत वर्षको दशैँमा कोभिड-१९ महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन । 

५ बर्ष अगाडि

प्रतिक्रिया