सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा, ४० प्रतिशत लाभांश पारित गर्ने

५ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको दशौँ वार्षिक साधारण सभा असोज १८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा साँझको ४ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 

कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया