काठमाडौं - मञ्जुश्री फाईनान्सले एकै पटक ४ वटा शाखा बिस्तार गरेको छ । फाइनान्सले रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवा शाका एकै दिन बिस्तार गरेको हो ।
फाइनान्सले बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको जनाएको छ । २०७८ साल असार मसान्त सम्ममा ९६ करोड ५३ लाख रुपैंया चुक्ता पुँजी रहेको फाइनान्सले ५० करोड रुपैंयाको डिवेन्चर जारी गरेको छ ।
राष्ट्रिय स्तरको फाईनान्सले ८ अर्ब ९१ करोड रुपैंया निक्षेप संकलन गरि ७.९५ अर्व रुपैंया कर्जा परिचालन गरेको छ ।
प्रतिक्रिया