काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले भदौ ८ गतेबाट ३५ हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त सेयरको न्यूनतम मूल्य ६ सय ८५ रुपैयाँ तोकिएको छ ।
त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजसम्म मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थाको सेयर बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड, पुतलिसडक, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया