प्रभु बैंकको २ लाख ५२ हजार बढि कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेडले भदौ १५ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

बैंकले संस्थापक समूहको २ लाख ५२ हजार ७ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर २ सय १० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया