कर्जामा लिने व्याज १४.७५ प्रतिशत, निक्षेप ६ प्रतिशत व्याज

५ बर्ष अगाडि

काठमाडौं,  हाल अधिकांश सहकारीले निक्षेपमा ६ प्रतिशत सम्म व्याजदर तोकेका छन् । तर कर्जामा भने १४.७५ प्रतिशत छ । कर्जाको यो व्याजदर अधिकतम व्याजदर हो ।

नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुको ब्याजदर परिवर्तन गर्न आग्रह गरे पनि सहकारी क्षेत्रले व्याजदर घटाएको छैन । बजारमा कर्जाको ब्याजदर घटेको भन्दै सहकारी संस्थाहरुको पनि ब्याजदर घटाउन राष्ट्र बैंकले सुझाव दिएको हो । 

सहकारी क्षेत्रको व्याजदर नयाँ सन्दर्भ ब्याजदर निर्धारण गर्न सहकारी विभागले कार्यदलसमेत गठन गरेको छ । सहकारी विभागले २०७६ साउन १९ गतेदेखि लागु हुने गरी पहिलो पटक ऋणको अधिकतम् ब्याजदर १६ प्रतिशत निर्धारण गरेको थियो । विभागले ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’ गठन गरी दोस्रो पटक २०७७ कार्तिक १५ गतेदेखि सहकारी संस्थाहरुले दिने कर्जाको ब्याजदर समायोजन गरेको थियो । त्यसयता संस्थाहरुले बचतमा दिने ब्याजदरमा ६ प्रतिशत स्प्रेड राखेर कर्जामा अधिकातम १४.७५ प्रतिशतसम्म ब्याजदर लिन पाउँछन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया