काठमाडौं - हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
हाथवे इन्भेष्टमेण्टले भदौ २० गतेदेखि आफ्नो स्वामित्वको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य प्रतिकित्ता १५०, मञ्जुश्री फाइनान्सको प्रतिकित्ता ३५० र कामना सेवा विकास बैंकको प्रतिकित्ता २५० तोकिएको छ ।
यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया