काठमाडौं - नेपाल ल्युब आयल निगमले वार्षिक साधारण सभा बोलाएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ३०औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
सभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भर्च्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज हुने भएको छ ।
प्रतिक्रिया