हाथवे इन्भेष्टमेन्ट नेपालले बोलायो पुन साधारण सभा, लाभांश कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले यस अघि स्थगित गरेको वार्षिक साधारण सभा पुन बोलाएको छ । 

भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठक अनुसार सभा असोज १५ गते कम्पनीको रजिष्ट्रार कार्यालय लैनचौर, काठमाडौंमा दिउसो २ बजेबाट सुरु हुने भएको हो । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । 

यस अघि भदौ २५ गतेलाई बोलाइएको सभा विषेश कारणवश स्थगित भएको थियो । सभाले कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

साथै सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०७७/७८ को आयव्यय हिसाब र नगद प्रवाह विवरण लगायतका एजेन्डाहरूमा छलफल गर्ने कम्पनीले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया