प्रभु क्यापिटलले बोलायो साधारण सभा, १७.६१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने

५ बर्ष अगाडि

काठमाडौं - प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो १३औं वार्षिक साधारण सभा असोज १६ गते होटेल एलफ्ट छायाँ सेन्टर ठमेल, काठमाडौंमा बिहान ११ बजे सुरु गर्ने भएको छ । 

भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको १६०औं बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट आव २०७७/७८ को प्रतिवेदन उपर छलफल गरि पारित गरिने छ । 

साथै लेखा परीक्षक नियुक्त, आवको मुनाफाबाट कर सहित १७.६१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया