आन्तरिक राजस्व विभाले करदाताहरुलाई खरिद तथा विक्री कारोवारको विवरण अनिवार्य अपलोड गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।
विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका करदाताहरु र आर्थिक वर्ष २०७७⁄७८ मा पाँच करोड रुपौयाँ वा सो भन्दा बढीको बिक्री कारोबार गर्ने सबै करदाताहरुले आफ्नो खरिद तथा विक्री कारोवारको विवरण अनिवार्य अपलोड गर्नुपर्ने व्यवस्था छ ।
मूअकर ऐन २०५२ को दफा १६ (३) अनुसार बुझाउनु पर्ने भ्याट विवरण सहित खरिद तथा विक्री कारोवारको विवरण समेत विद्युतीय माध्यमबाट अनिवार्य बुझाउने व्यवस्थाले करदातामा अन्यौलता सिर्जना भएको छ ।
विवरण बुझाउने अन्तिम म्याद साउन मसान्तसम्म भएपनि प्राविधिक कठिनाईको कारणले खरिद तथा विक्री कारोवारको विवरण विद्युतीय माध्यमबाट अपलोडगर्न समस्या परेको भन्दै विभागले साउन महिनाको खरिद⁄विक्री कारोवारको विवरण यहि भदौ मसान्त सम्ममा अपलोड गरेपनि हुने गरी व्यवस्था गरेको छ ।
विभागले आफ्नो वेभसाइमा सामान्य परीवर्तन गरी अपलोड गर्नुपर्ने खरिद तथा विक्री खाताको नमुना सार्वजनिक गरेको छ ।
परिवर्तित खरिद तथा विक्री खाताबाट विवरण कसरी अध्यावधिक गर्ने :
१, यसअघिनै विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका करदाताहरुको हकमा करदाताहरुले साविकमा प्रयोगमा ल्याएको सफ्टवेरबाट तोकिएको नयाँ ढाँचामा प्रत्येक कर अवधिको बिक्री तथा खरिद खाता तयार गरी सो साता अपलोड गर्ने ।
२, मूल्य अभिवृद्धि कर खरिद तथा बिक्री खाता अपलोड गर्न तोकिएका करदाताहरुको सुचीभित्र पर्ने करदाताहरुले विभागको वेभसाइटमा राखिएको नयाँ खरिद तथा बिक्री खाताको एक्सेल फम्र्याट डाउनलोड गरी सो ढाँचामा प्रत्येक कर अवधिको खरिद तथा बिक्री कारोबार प्रविष्ट गरी अपलोड गर्ने ।
३, एकै बिजकबाट एक पटकमा एकभन्दा बढी मालबस्तुको खरिद तथा बिक्री गरीएको अवस्थामा खरिद⁄पैठारी गरिएका वस्तु वा सेवाको विवरण भन्ने कोलममा ‘विविध सामान’ उल्लेख गरी खाता तयार गर्ने ।
४, खरिद तथा बिक्री गरिएका वस्तुको परिमाण अंकमा लेख्ने र सो मापन गर्ने इकाइ अर्को महलमा उल्लेख गर्ने तर परिमाण र इकाइ एकै महलमा उल्लेख नगर्ने यदि त्यसो गरेमा खाता अपलोड हुने छैन ।
५, कारोवारहरुको कुल जोड उल्लेख नगर्ने र मिती उल्लेख गर्दा वर्ष महिना र गते उल्लेख गर्ने ।
यसभन्दा अघि मूल्य अधिवृद्धि कर विवरण र खरिद बिक्री खाता अपलोड गरी सकेको तर सिस्टममा खरिद बिक्री खाता अपलोड भएर पनि खरिद तथा बिक्री खाताको बिवरण पूर्णरुपमा सफल नभनीकन प्रोसेसीङ्ग एक्सेल भनिराखेको अवस्थामा प्रोसेसीङ्ग एक्सेल लाई विभागले भदौ मसान्तभित्र डिलिट गरीदिनेछ । र, पुनःसो विवरणलाई नयाँ ढाँचामा अपलोडगरी पूर्णरुपमा सफल भएपछि मात्र खरिद⁄बिक्री खाता अपलोड भएको मानिने छ ।
प्रतिक्रिया