जीवन बीमा कम्पनीहहरुको एजेन्ट कमिशन खर्च १४ अर्ब २५ करोड बढि, सबैभन्द धेरै कस्को ?

५ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्त्यसम्ममा अभिकर्तालाई दिइने एजेन्ट कमिशन वापत १४ अर्ब २५ करोड ८४ लाख रुपैयाँ खर्च गरेका छन् । 

अघिल्लो आर्थिक वर्ष १० अर्ब ६२ करोड ३२ लाख रुपैयाँ मात्रै एजेन्ट कमिशनमा खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष अभिकर्तालाई दिइने एजेन्ट कमिशन ३४ प्रतिशतले बढेको हो । 

यस अवधिमा सबैभन्दा धेरै एजेन्ट कमिशन खर्च गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल लाइफले ३ अर्ब ५५ करोड रुपैयाँ एजेन्ट कमिशन वापत खर्च गरेको छ । यो बीमा कम्पनीहरुले खर्च गरेको कुल एजेन्ट कमिशनको २४.९४ प्रतिशत हो ।

यस्तै एलआईसी नेपालले १ अर्ब ६८ करोड रुपैयाँ, नेशनल लाइफले एक अर्ब ३३ करोड रुपैयाँ र युनियन लाइफले १ अर्ब २० करोड रुपैयाँ एजेन्ट कमिशन वापत खर्च गरेका छन् । बाँकी कुनैपछि कम्पनीको एजेन्ट खर्चभने अर्ब माथि पुगेका छैनन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया