तीन लघुवित्तद्धारा लाभांश वितरण गर्ने घोषणा, कुनको कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - विभिन्न तीनवटा लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमा साधना लघुवित्त, स्वरोजगार लघुवित्त र डिप्रोक्स लघुवित्त रहेका छन् । 

उक्त कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

१. साधना लघुवित्त वित्तीय संस्था
कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ। कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

२. स्वरोजगार लघुवित्त वित्तीय संस्था
कम्पनीको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेको हुनाले बोनसमा कर लाग्दैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

३. डिप्रोक्स लघुवित्त वित्तीय संस्था
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया