युट्युबमा अडियोरभिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ ।
सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा यस्तो व्यवस्था गरेको हो । युट्युबरका साथै व्यवसाय सञ्चालनमा संलग्न नरहेको व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएमा पनि अग्रिम कर तिर्नुपर्नेछ ।
विधेयकको ६८ औँ बुँदामा लेखिएको छ, ‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण ९मनी ट्रान्सफर० गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाएको छु ।’
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया