सानिमा क्यापिटलले २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं-  सानिमा क्यापिटलले असोज १५ गते ६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौमा दिउसो १ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया