काठमाडौं, गत साउन एक महिनामा नै वाणिज्य बैंकहरुले ६ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। साउन महिनामा मात्र २६ बैंकले ६ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको
केन्द्रिय बैंकको तथ्यांकले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुले कुल ५ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका थिए। गत वर्षको तुलनामा यस वर्ष बैंकहरुको नाफा २०.७१ प्रतिशतले बढेको हो।
केन्द्रिय बैंकले प्रकाशित गरेको तथ्यांकमा नेपाल बैंकको भने नाफा उल्लेख गरिएको छैन। नेपाल बैंकको समेत नाफा जोड्दो वाणिज्य बैंकहरुको कुल नाफा अझै धेरै हुन जान्छ। हाल नेपालमा २७ वाणिज्य बैंक रहेका छन् ।
साउन महिनामा २६ वाणिज्य बैंकले औषतमा २४ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन्।
चालु आर्थिक वर्षको पहिलो महिना सबैभन्दा धेरै नाफा कमाउनेमा नविल बैंक नै अगाडि देखिएको छ। बैंकले साउन १ महिनामा नै ६१ करोड रुपैयाँ नाफा कमाएको छ।
यसैगरी ग्लोबल आइएमई बैंक पनि धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा छ उसले साउन १ महिनामा ४८ करोड रुपैयाँ खुद नाफा कमाएको केन्द्रिय बैंकको तथ्यांकले देखाउछ।
यसैगरी, एनआइसी एशिया बैंकले ४१ करोड नाफा कमाएको छ भने सिद्धार्थ बैंकले ३२ करोड प्राइम कमर्शियल बैंक र एनएमवि बैंकले ३० करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २९ करोड, एभरेष्ट र मेगा बैंकले २८ करोड रुपैयाँ नाफा कमाएका छन्।
साउन महिनामा १४ बेंकले औषतभन्दा धेरै नाफा कमाएका छन भने बाँकी १२ बैंकले औषतभन्दा कम नाफा कमाएका छन्।
तथ्यांक अनुसार साउन महिनामा प्रभु बैंकले २७ करोड नाफा कमाएको छ भने सानिमा बैंकले २६ करोड, कृषि विकास बैंकले, २६ करोड, कुमारी बैंकले २५ करोड, सिटिजन्स बैंकले २४ करोड, माछापुच्छ्रे बैंकले २२ करोड, लक्ष्मी बैंकले २१ करोड, सनराइज बैंकको १८ करोड, एनसिसि बैंकले १६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकले १५ करोड, नेपाल बंगलादेश बैंकले १४ करोड, एसबिआई बैंकले १३ करोड, हिमालयन बैंकले १३ करोड, सिभिल बैंकले १० करोड, बैंक अफ काठमाण्डौले ९ करोड, सेञ्चुरी कमर्शियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७ करोड रुपैयाँ नाफा कमााएका छन्।
।
प्रतिक्रिया